२१ पुस, काठमाडौं ।
संसारकै असुरक्षित बिमानको सूचीमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका जहाज परेका छन् ।
विश्वभरका ४०७ अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरुको ‘एयरलाइन्स रेटिङ डट कम’ले गरेको रेटिङमा जम्मा एक नम्बर पाएर कम सुरक्षित १० विमान मध्ये नेपाल एयरलाइन्स समेत परेको छ ।
अष्ट्रेलियाको ‘क्वान्टास एयरलाइन्स’ सबैभन्दा सुरक्षित घोषणा भएको छ । क्वान्टाससहित कुल १४८ एयरलाइन्सले सात स्टार पाएका छन् । तीन वा सो भन्दा कम स्टार पाउने एयरलाइन्सहरुको संख्या ५० छ । एक स्टार पाउनेमा १० वटा एयरलाइन्स मात्र छन् । जसमा नेपाल, इण्डोनेसिया र सुरिनामका एयरलाइन्सहरु छन् ।
युरोपेली युनियनले राख्दै आएको छ ।