सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम कक्षमा दुई बेवारिस शव

३ कार्तिक ०७५, राजविराज । स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको पोष्टमार्टम कक्षमा विगत तीन दिनदेखि एक महिला र एक बृद्धको शव वेवारिसे अवस्थामा रहेको छ ।

बेबारिसे महिलाको शव ।

कोही आफन्त सनाखत गर्न नआएपछि दुबै शव अलपत्र परेको हो । तीन दिन अघि सप्तकोशी नदी किनारमा अन्दाजी ५० वर्षिया एक महिला मृत अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटनास्थलमा मधेशी मूलकी देखिने महिलाको शवको सरजमिन मुचुल्का बनाएर पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए । तर तीन दिनसम्म सनाखत हुन नसकेका मृतकका कोही आफन्त नआएपछि शव अलपत्र परेको हो ।

त्यस्तै सोही दिन पूर्व–पश्चिम राजमार्ग अन्तगत सप्तरीको कल्याणपुर सडक खण्डमा गम्भिर घाइते भएको अवस्थामा फेला परी उपचारको क्रममा मृत्यु भएका अन्दाजी ६० वर्षीय एक बृद्धको शव पनि पोष्टमार्टम कक्षमा वेवारिसे अवस्थामा रहेको छ । शनिबार सम्म उनको पनि शनाखत गर्न कोही आफन्त आएका छैनन् ।

बेबारिसे बृद्धको शव ।

पहिचान खुल्न नसकेका सवारी साधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पताल पु¥याएको थियो । कोही आफन्त नआए पनि उनलाई मानवीय संवेदनशिलताका कारण अस्पतालका चिकित्सक र नर्सले निशुल्क उपचार गरेका थिए भने अस्पतालमा डियुटीरत प्रहरी हवल्दार रमाशंकर यादवले स्याहारसुसार गरिरहेका थिए । तर भोली पल्टै उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

यसैबीच शवले अस्पताल दुर्घन्धित हुन नदिन पोष्टमार्टम र आवश्यक कानुनी प्रक्रिया पुरा गरि अन्तिम संस्कार गराउने तयारी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको मत