२१ जेठ ०७६, काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय मिङ्मा दोर्ची शेर्पाले ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहणमा नयाँ कीर्तिमान राखेका छन् ।
शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेट (सबैभन्दा कम समयमा) मा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान राखेका हुन् । यसअघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए ।
शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकिङले पनि पुष्टि गरेको छ ।
शेर्पाले सगरमाथाको ५ पटक, ल्होत्से, मकालु, मनास्लु हिमाल ३–३ पटक चढिसकेका शेर्पाले केटु, धवलागिरी र आमादब्लाम हिमाल २–२ पटक सफल आरोहण गरिसकेका छन् ।













