सडकका खाल्डोहरु १ महिनाभित्र पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

१९ पुस ०७९, काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकका खाल्डोहरु पुर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सडकका खाल्डोहरु पुर्न निर्देशन दिएका हुन् ।

‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन’, उनले भने, ‘यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचनासहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य छ ।’