सत्तारुढ दलले गरे राष्ट्रिय सभा निर्वाचनका लागि भागबन्डा

१९ पुस ०७८, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दलले भागबन्डा गरेका छन् ।

सोमबार बिहान बसेको गठबन्धन दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमा भागबण्डा गरेका हुन् ।

सत्ता गठबन्धन दलको बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५/५, जसपालाई २ र जनमोर्चालाई १ सिटको भागबन्डा गरेको हो ।

राष्ट्रिय सभामा १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदैछ ।

यसैबीच नेकपा एमालेले पनि राष्ट्रियसभा १९ सदस्य उम्मेदवारहरु टुंगो लगाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।