१२ पुस, काठमाडौं । सत्तारुढ दल र मधेसी मोर्चासहितको गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार बालुवाटारमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी दलका नेताहरु सहभागी छन् । चार बजे सुरु भएको बैठकमा संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको चुनाव, संसदमा जारी अवरोध हटाउने विषयमा छलफल भएको हो ।
अवरोध हटाउन यसअघि बोलाइएका शीर्ष बैठक निश्कर्षबिना नै टुंगिएपछि मधेसी दलहरुसँग निर्णायक वार्ता गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलहरुले निरन्तर संसद अबरुद्ध गर्दै आएका छन् ।
अवरोधका कारण सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफल हुन सकेको छैन भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग पनि अल्झिएको छ ।