सत्तासिन दल र मधेशी माेर्चाकाे बालुवाटार बैठक सकियाे

१७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले साेमबार बिहान बाेलाएकाे सत्तासिन दल र मधेशी माेर्चाकाे संयुक्त बालुवाटार बैठक सकिएकाे छ ।

सरकारले सत्तारुढ कांग्रेस र मधेसी मोर्चाका नेताहरुलाई राखेर गरेकाे छलफलले आगामी वैशाख मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भएकाे बैठकमा सहभागी एक नेताले बताए ।

तर,चुनावको प्रक्रिया अघि बढाउने तयारी गरी बोलाएकाे बालुवाटार बैठकमा मधेसी मोर्चाका नेताहले संविधान संशोधन नभई चुनावमा भाग नलिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने चुनावको तयारी गर्न आयोगलाई भन्ने बताएका छन् । स्रोतका अनुसार मन्त्रिपरिषदले वैशाख मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरेको छ ।

चुनावको औपचारिक मिति घोषणा भने संविधान संशोधनबारे संसदले निर्णय लिएपछि हुने बताइएकाे छ ।

तपाइको मत