२ साउन ०७९, काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धन दलसँग चुनावी तालमेल गर्ने निर्णय नै गरेको छ ।
कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका दलहरुसँग संवाद गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई सम्बोधन गर्न चुनावी तालमेल जरुरी रहेको भन्दै केन्द्र्रीय समिति बैठकले भनेको छ, “यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।”