सप्तकोशी न.पा. १ स्थित त्रियुगा नदीको पुल किनार राखिएको बम सेनाद्वारा निस्कृय 

२९ भदौ ०७४, राजविराज । प्रदेश नं. २ मा सोमबार हुन गइरहेको स्थानीय तहको चुनाव नजिकिदैँ जाँदा उदयपुरको सिमासँग जोडिएको सप्तरीको सप्तकोशी न.पा. १ स्थित त्रियुगा नदीको पुल किनारमा बम फेला परेको छ ।

बिहीबार त्रियुगा नदीको पुल किनारमा कालो प्लास्टिकको झोलामा रहेको बमलाई सेनाको प्राविधिक टोलीले तत्कालै घटना स्थलमा पुगी विहान नौ बजेतिर निस्कृय पारेको हो । स्थानीयले शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सूचनाको आधारमा सेनाको प्राविधिक टोलीले सो बम निस्कृय पारेका थिए ।

श्री भिम दलगणबाट खटिएको नेपाली सेनाको प्राविधिक टोलीले बम अघिल्लो रात नै राखिएको हुन सक्ने अनुमान गरेको छ । सो बम इन्ट्रेनाईज टाईम बम भएको सेनाका एक अधिकारीले बताए ।

स्थानीय  तहको तेस्रो चरणको चुनावी तयारी भई रहेका बेला यसलाई प्रभाव पार्ने र त्रास फैलाउने उद्देश्यले कुनै शसस्त्र समूहले बम राखेको हुन सक्ने अनुमान गरिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ ।

तपाइको मत