सप्तरीको गाउँ र नगरपालिकाको सीमाङ्कन नै विभेदकारी

५ माघ, राजविराज । सप्तरीको स्थानीय पुनर्संरचना विभेदकारी, अव्यवहारिक र जनताको भावना विपरीत रहेको वक्ताहरुले यहाँको एक कार्यक्रममा बताएका छन् ।

3 (3)

प्रेस सेन्टर सप्तरीको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा वक्ताहरुले सो कुरा बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा २ नं. क्षेत्रका सांसद अशोक कुमार मण्डल ‘अमर’ले हालै सरकारलाई स्थानीय पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनमा सप्तरीको गाउँपालिका र नगरपालिकाको सीमाङ्कन अव्यवहारिक, विभेदकारी रहेकाले पुनः विचार गर्नुपर्ने बताए ।

उनले हिमाल, पहाड र मधेशमा गरिएको गाउँपालिका र नगरपालिकाको सिमाङ्कन जनसंख्याको आधारमा नगरी भूगोलको अधारमा गरिएकाले यसलाई सच्याउन सरकारसँग माग गरेका हुन् ।

सांसद मानपुर चौधरीले पनि सो प्रतिवेदन सरकारले नसच्याए सडक, सदनमा आन्दोलन जारी राख्ने बताए ।

उनले आयोगले स्थलगत रुपमा सिमाङ्कन नगरी काठमाडौस्थित इन्द्रेणी होटलमा तयार पारेर बनाएको प्रतिवेदन विभेदकारी र अव्यवहारिक रहेकाले सरकार समक्ष बुझाएको प्रतिवेदनप्रति आफ्नो घोर आपत्ति रहेको बताए ।

प्रेस सेन्टर सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य महेश कुमार यादव, महाधिवेशन आयोजक कमिटीका सदस्य देवनाथ यादव लगायतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

क्लवद्वारा कम्बल वितरण

1 (6)
राजविराजको धर्मीहल्फा महिला विकास क्लव लालापटृीले तिलाठी ८ र ९ वडाका चिसोपीडित ब्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

धर्मीहल्फाले तिलाठी गाविस वार्ड नं. ८ र ९ का एक सय बिपन्न गरीबहरुलाई १/१ थान रङ्गीन कम्बल वितरण गरेको हो ।

संस्थाका अध्यक्ष सूर्य नारायण यादव, जिविस सप्तरीका पूर्व सदस्य देवनारायण यादव, सशस्त्र प्रहरी बल तिलाठीका सई चेवन प्रसाद अधिकारी, भन्सार कार्यालय बेल्ही आई.टी. अधिकृत बसन्त कुमार दास, तिलाठी प्रहरी चौकीका हवल्दार राचन्द्र मण्डल, दिपक कुमार यादव लगायतका उपस्थितिमा कम्बल वितरण गरिएको थियो ।

तपाइको मत