मुकेश कुमार महतो/३ माघ, बारा । विभिन्न पार्टीका सयौं कार्यकर्ता पार्टी परित्याग गरी समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
सोमबार बारामा आयोजित एक कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता उपेन्द्र यादवले संविधान संसोधनका लागि दर्ता गराइएको प्रस्तावले मधेशीको माग पुरा नहुने बताए ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल लगायतका पार्टीबाट सदस्यता परित्याग गरी सय जना भन्दा बढी कार्यकर्ता संघीय समाजवादी फोरम नेपालका प्रवेश गरेका छन् भने उनीहलाई अध्यक्ष उपेन्द्र यादवले अविर माला लगाएर पार्टी प्रवेश गराए ।