१७ असोज ०७५, राजविराज । सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत भएका छन् ।
मंगलवार जितिया मनाउन सबै परिवार पूजाआजाका लागि मन्दिर गएको मौका छोपी सप्तरीको खडक नगरपालिका ८ मा ७० वर्षीय बृद्धालाई ४० वर्षीय युवाले बलात्कार गरेका हुन् भने डाक्नेश्वरी नगरपालिका ५ पातोमा १४ वर्षीय बालिकालाई १८ वर्षीय युवाले बलात्कार गरेका हुन् ।
पीडित बालिकाको बुधवार स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा आवश्यक जाँच गराईएको र बलात्कारको पुिष्ट भएको डिएसपी रिमालले बताए ।
जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार दवै घट्नाका आरोपी पहिचान भईसकेकोले नियन्त्रणको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए ।
दुवै घटनामा दुई घण्टा ढिलो गरी जानकारी आएकाले अपराधी फरार हुन सफल भएपनि अपराधीलाई कारवाहीको दायरामा ल्याएरै छोडने डिएसपी रिमालले प्रतिवद्धता जनाए ।













