सप्तरीमा कुहेको गोपी बदाम जुस फेला

२१ साउन ०८१, सप्तरी । सूर्यदेव डेरी उद्योग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिङ्कसमा रहेको बदाम जुस पेय पदार्थ कुहेको अवस्थामा उपभोक्ताले सोमबार फेला परेको छ ।

यो घटना सप्तरीको महादेवा गाउँपालिका १ मिलन चौकस्थित रहेको सोनी ट्रेडर्सले उत्पादन गरेको सूर्यदेव डेरी उद्योग प्रा.लि. अर्जुनधारा ५ झापाले गोपी बदाम मिल्क जुस कुहेको अवस्थामा उपभोक्ताबाट फेला पारेको हो ।

स्थानीय ग्राहक रामदेव सदाले सूर्यदेव डेरी उद्योग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम जुस किनेर बट्टा खोल्दा कुहेको जुस फेला परेको थियो ।

उक्त बदाम जुसको उत्पादन मिति १ तारिख मार्च २०२४, बैच न.ं जीपीबीडीओ ७२, वजन १८० मि.ली. रहेको छ । उक्त कम्पनीले उपभोत्ताको जीवनसँग खेलवाड गरी बदाम जुस उत्पादन गर्ने कम्पनीलाई कानुनी कार्वाही गर्नू पर्ने अधिवक्ता पुण्य प्रसाद यादवले बताए ।