१२ बैशाख ०७५, राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा तीन घर जलेर खरानी भएको छ ।
बुधबार बिहान १० बजेतिर महदेवा ५ स्थित रामनारायण साहको घरबाट बिहान सल्केको आगो तत्काल नियन्त्रण हुन नसक्दा छिमेकी रामदेव साहको समेत गरि तीन घर पूर्ण रुपमा जलेर खरानी भएको हो ।
विद्यतु सर्ट भई सो आागलागि भएको स्थानिय वासिन्दाहरुले बताएका छन् ।
आगो नियन्त्रणमा लिन राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्रका साथै स्थानियवासी र प्रहरी सक्रिय थिए ।
सबै घर फुस र काठबाट बनेका हुँदा दुई घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा लिइएको बारुण यन्त्र विभागका कर्मचारी श्याम यादवले बताए । आगोलागीबाट सात लाख भन्दा बढीको क्षति भएको स्थानीय प्रहरीले जनाएको छ ।