सप्तरीमा ६३ जनाले गरे आत्महत्या

२५ असार ०७६, सप्तरी । सप्तरीमा चालु आर्थिक वर्षको २०७५ साउनदेखि हालसम्मको अवधिमा जिल्लामा ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

प्रहरीका अनुसार यही असार २२ गते आइतबार पनि बोदेबर्साइन नगरपालिका २ का ३० वर्षीय सुरेन्द्र पासवान, राजगढ गाउँपालिका ४ का ७० वर्षिय लक्ष्मण मण्डल तथा सप्तकोशी नगरपालिका ४ की ४५ वर्षिया वर्षिदेवी सदाले आत्महत्या गरेका छन् । तीनै जना आ–आफ्नो घरमा गम्छा, धोति र साडीको पासो लगाई आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो सँगै चालु आर्थिक वर्षको २०७५ साउनदेखि हालसम्मको अवधिमा जिल्लामा ६३ जनाले आत्महत्या गरेको जस मध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको तथ्याङ्कले देखाएको छ । जसमा १० देखि २२ वर्ष उमेर समूहका किशोर किशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छन् ।

पारिवारिक कलह, प्रेममा धोका, बेरोजगारी, परीक्षामा असफलता, मानसिक तनाव, एक्लोपना, बैदेशिक रोजगारी, आर्थिक विपन्नता लगायतका कारणले आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भावेष रिमालको भनाई छ ।

आत्महत्या गर्नेले बढी घाँटीमा पासो लगाई झुण्डिने गर्ने गरेको पाइएको छ भने त्यसपछि विष सेवन, जिउमा आगो लगाउने र पानीमा हामफल्ने लगायतका विधि अपनाउने गरेको पाइएको उनकोे भनाई छ ।

तपाइको मत