न नाता, न नेता दोषीलाई कठघरा – नेपाल विद्यार्थी संघ

३१ बैशाख ०८०, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले आइतबार भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ ।

काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको एक समूहले भ्रष्टाचारीलाई भ्रष्टाचारीलाई कठघरामा उभ्याउनु पर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले “न नाता, न नेता दोषीलाई कठघरा, सभापति ज्यू खाँणलाई किन निलम्बन नगरेको ?, नो मोर साइलेन्स, नो मोर कोरप्सन” लगायत लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेबिसंघको मातृ पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका छन भने महाधिवेशन प्रतिनिधि आङटावा शेर्पाविरुद्ध सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले खाँणलाई २७ बैशाखमा पक्राउ गरेको थियो ।

यसैबीच कांग्रेसकै अर्को भ्रातृ संगठन नेपाल तरुण दलले भने कांग्रेस नेतृ आरजु राणाका सम्बन्धमा चरित्रहत्या हुनेगरी अनर्गल प्रचार भइरहेको भन्दै आपत्ति जनाएको छ ।