१७ साउन ०७६, काठमाडौं । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगको शुक्रबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो । आयोगले समाजवादी पार्टीलाई पत्र लेखी दल दर्ता भएको जानकारी पनि गराएको छ । समाजवादी पार्टीसँगै अव निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १३१ पुगेको छ ।
समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो ।













