समृद्धिका लागि सबै कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने प्रचण्डको भनाई

२२ भदौ ०७६, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धि र समाजवादको लक्ष्य पूरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी–मदनवादीलाई नेकपामा स्वागत समाहित गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउन कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने बताएका हुन् ।

मदनवादी पार्टी नेकपामा समाहित हुने निर्णय सही भएको बताउँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकतालाई सुदृढ गर्न, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउन सबै कम्युनिष्टहरू एक हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा बिष्णु प्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्नु आवश्यक भएकाले सिंगो पार्टी नै नेकपामा समाहित गरेको बताए ।

मदनवादी पार्टीका केन्द्रीय प्रवक्ता बिष्णु प्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गरी औपचारिकरुपमा नेपाल कम्युनिष्ट पार्टी–मदनवादी नेकपामा समाहित पुष्टि गरेका छन् ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

तपाइको मत