समृद्धिका लागि पुरानो संस्कार छोडेर अगाडि बढ्नु पर्दछ – रायमाझी

२४ असोज ०७५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता टोपबहादुर रायमाझीले विकास र समृद्धिका लागि पुरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

सरकारको काम सुस्त भएको भन्दै नेता रायमाझीले राष्ट्र निर्माणका लागि दुई तिहाईको वर्तमान सरकारले मार्गचित्र बनाई अघि बढ्नु पर्ने बताएका हुन् ।

नेकपाका स्थायी समिति सदस्य एवम् सांसद समेत रहेका रायमाझीले जनताका गुनासाहरु हिजो जस्तै रहेकाले सरकारले गियर चेन्ज गर्नुपर्ने बताउँदै भने, ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । विकास र समृद्धिका लागि काम गर्न पुरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ ।’

राष्ट्र र जनताको आवश्यकता पूरा गर्न नयाँ परम्परा, विचार, योजना र संस्कारसहित अगाडि बढ्नु पर्ने भन्दै नेता रायमाझीले नेताहरुमा पुरानै संविधानको धङ्गधङ्गी रहेकाले अघि बढ्न कठिनाइ भएको बताए ।

तपाइको मत