२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा सरकारको निर्णयअनुसार सुरक्षाकर्मी परिचालन भएको बताएका छन् ।
तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरु गर्दा संकटकाल लगाएका बखत प्रधानमन्त्री रहेका देउवाले मानव अधिकारवादी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने बताएका हुन् ।
कार्यक्रममा देउवाले नेपाली सेना, जनपद् प्रहरी र सशस्त्र प्रहरी कुनै एउटा पार्टी विशेषको नभएकाले सरकारको निर्णयअनुसार परिचालित सुरक्षाकर्मीलाई मानवअधिकार उल्लंघन अभियोगमा जेल हाल्नु पर्ने मानव अधिकारकर्मीहरुका अभिव्यक्तिको प्रतिवाद गरे एका थिए ।