२२ बैशाख ०७६, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आजबाट संसदमा छलफल सुरु भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि बैशाख २० गते राष्ट्रपति बिद्या भण्डारीले संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा छलफल सुरु भएको हो ।
आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ’नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।
प्रधानमन्त्री ओलीले छलफलको प्रस्ताव पेश गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा संशोधन प्रस्तुत गरेका थिए । उनी सँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि संशोधन पेश गरेका थिए । त्यसपछि राजपाका तर्फबाट राजेन्द्र महतोले पनि संशोधन पेश गरेका थिए ।
त्यस्तै, सदनमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, नेपाली काङ्ग्रेसका मिनेन्द्रे, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र चन्द्रकान्त चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन । अहिले विभिन्न प्रतिपक्ष दलका सांसदहरुले आफ्नो भनाइ राख्ने क्रम चलिरहेको छ ।