१२ फागुन ०७९, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छिन् ।
प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।
‘सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा छ,’ मन्त्री शर्माले भनिन्, ‘सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ ।’
हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उनले पढाइलाई मात्रै नभइ अनौपचारिक शिक्षाका रुपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।