६ असोज ०७७, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सत्याग्रहीमाथि सरकारले गरेको अपमान ‘क्रुरताको पराकाष्टा’ भएको बताएका छन् ।
मंगलबार समाजिक सञ्जालमा नेता थापाले सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि नपाइने भन्दै अनशनरत डा.गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार ‘क्रुरताको पराकाष्टा’ भएको बताएका हुन् ।
“सत्याग्रहीमाथीको दुर्व्यवहारः क्रुरताको पराकाष्टा” थापाले लेखेका छन्, “सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईदैन । तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ ।”
“सरकारले आफ्नो पतनकाे बाटो आफैँ खनेको छ” फेसबुकमा लेखेका छन् ।
शिक्षण अस्पताल हिँडेका डा.केसी ट्रमा सेन्टरमा
जुम्लामा ८ दिनसम्म अनशन बसेका गोबिन्द केसी नेपालगञ्ज हुँदै आजमात्रै काठमाडौं आएका थिए ।
प्रहरीले उनलाई त्रिभुवन विमानस्थल सीधै ट्रमा सेन्टर लगेको डा.केसीका सहयोगी प्रितम सुवेदीले बताए ।
प्रहरीले अपहरणको शैलीमा केसीलाई ट्रमा लगिएको सुवेदीको आरोप छ ।
सुवेदीका अनुसार डा.केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बस्न चाहेका थिए । अब कहाँ अनशन बस्ने भन्नेबारे भने केही निधो नभएको उनले बताए ।