सरकारले तयार पारेको संविधान संशोधन प्रस्ताव स्वीकार्य नहुने यादवको उदघोष

४ मंसिर, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले संशोधनको नाममा संशोधन मात्रै नखोजेको भन्दै सरकारले तयार पारेको संविधान संशोधन प्रस्ताव स्वीकार्य नहुने  बताएका छन् ।

यादवले शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सरकारले ४ बुँदे संशोधनको प्रस्ताव तयार गरेको छ भन्ने हल्ला बाहिर आएको छ भन्दै त्यसलाई कुनै हालतमा नमान्ने र यसले समस्या हल नगर्ने बताए ।

सरकारले अघि सारेको ४ बुँदे संशोधन प्रस्ताव मधेसी र जनजाति फुटाउन गरेको षड्यन्त्र भएको आरोप लगाउँदै यादवले संविधानमा भएका विभेदकारी प्रावधानहरुको अन्त्य हुने गरी संशोधन चाहेको स्पष्ट पारे ।

यादवले ७ प्रदेशले मुलुकको समस्या समाधान हुन नसक्ने ठोकुवा गर्दै पहिलाका राज्य पूर्नसंरचना आयोगले अघि सारेझैं १० प्लसको अवधारणमा जानु पर्नेमा जोड दिए । साथै, संघीय गठबन्धनसँग सहमतिको आधारमा संशोधन प्रस्ताव अघि बढाउनु पर्ने  बताए ।

तपाइको मत