सरकारले देशैभरि चालू आर्थिक वर्षभित्रै ‘मोवाईल एप्लिकेशन’ सञ्चालनमा ल्याउने

१२ मंसिर ०७५, काठमाडौं । सरकारले चालू आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा ‘मोवाईल एप्लिकेशन’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

स्थानीय तहका नागरिकलाई प्रदान गरिने सबै सेवासहितको सूचना समावेश गरिएको मोबाईल एप्लिकेशन चालू आर्थिक वर्षभित्र  सबै स्थानीय तहमा ल्याउन लागेको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सूचना प्रविधि विभाग विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले स्थानीय तहमार्फत् नागरिकलाई प्रदान गरिने सेवाको सूचना समावेश गरिएकोे मोवाईल एप्लिकेशन चालू आर्थिक वर्षभित्रै ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने गरी कामलाई अघि बढाइएको जानकारी दिए ।

सो कार्यक्रमको प्रधानमन्त्री केपी ओलीले साउन १८ गते एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए ।

तपाइको मत