सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च ५५ लाख बेहोर्ने

१९ असार ०८०, काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च बेहोर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको असार १२ मा बसेको बैठकले राष्ट्रपति पौडेलको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रपति पौडेल भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतको ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते नै प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।