सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक फरक

२९ माघ ०७५, काठमाडौं । सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक फरक तोकिएको छ ।

निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद फरक–फरक तोकिएको हो ।

लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । तर, त्यो सुझाव विपरीत संघीय निजामती सेवा विधेयक तयार भएको छ ।

संघीय निजामती सेवा विधेयकमा साविकको जस्तै निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएको छ ।

निजामती सेवा मातहत ल्याइएको स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद भने ६० वर्ष, संसद सेवाका कर्मचारीहरुको उमेर हद पनि ६० नै तोकेको छ भने न्यायाधीशहरुे ६५ वर्ष नपुगेसम्म जागिर खान पाउनेछन् ।

तपाइको मत