१७ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारी प्रयोगशालामा दैनिक १८ हजार पाँच सय कोभिड–१९ नमूना परीक्षण गर्न सकिने बताएका छन् ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसँग बुधबार आयोजित भर्चुअल छलफलमा मन्त्री ढकालले विशेष कारणबाहेक २४ घण्टाभित्रमा कोरोना रिपोर्ट आउने व्यवास्था मिलाइने भन्दै यस्तो बताएका हुन् ।
उनले कोभिड –१९ संक्रमण जोखिम रहेसम्म चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता र बीमा कायम रहने बताउँदै आइसोलेसन निर्माणका लागि सरकारले ३८ करोड बजेट प्रदेश सरकारमार्फत् स्थानीय तहमा पठाएको बताएका थिए ।
बैठकमा मन्त्री ढकालले कोभिड–१९ विरूद्ध खोप तथा औषधिको विकास नभएकाले यसबाट बच्न विशेष सावधानी अपनाउनु नै उत्तम विकल्प भएको बताएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए ।