सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा घुस लिँदालिँदै पक्राउ

२१ असार, काठमाडौं ।

Bishes Adalatअख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत नायब सुब्बा दीपककुमार कार्की घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा थुनामा रहेका कुमार गोले भन्ने व्यक्तिको साथी युवराज तामाङसँग मुद्दा मिलाइदिन्छु भनी कार्कीले  रु २० हजार घुस लिँदालिँदै पक्राउ परेको र कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।

आयोगकाअनुसार नायब सुब्बा कार्कीलाई हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले आजै सिन्धुली जनप्रेमी उच्च मावि स्याङ्तीका तत्कालीन अस्थायी शिक्षक चेतप्रसाद काफ्लेले प्राथमिक शिक्षक पदमा अस्थायी नियुक्ति लिँदा र सो पदमा बहाल रहँदा नक्कली शिक्षक अनुमतिपत्र लिई काम गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्थायी शिक्षक काफ्लेले पेस गरेको अनुमतिपत्र नं ५४५३३ नक्कली रहेको पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

तपाइको मत