सरकारी वेबसाइटका पुराना सामग्री र लिंक हटाउन निर्देशन

१३ चैत्र ०७९, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेको भन्दै सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ ।

कैयन सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको हो ।