३० असार, काठमाडौं । नेकपा माओवादीले सरकारबाट बाहिरिएर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको कसरत गर्नुका पछाडिको खेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वचालित नभएको दाबी गरेका छन् ।
माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि भारतीय राजदूतावासमा भोज आयोजना भएको चर्चा चलिरहेका बेला ओलीले सार्बजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।
बिहीबार भने निकै भावुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम कांग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाए ।
नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरु अन्याय सहँदैनन् भन्ने पुष्टि भएको भन्दै उनले अस्थिर खेलकुद गरेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न चेतावनी दिए ।