सरकार र मधेसी मोर्चा सहमति नजिक

९ चैत, काठमाडौं । सरकारले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ ।

सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भएको वैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकका तीन वटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको हो ।

सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेसमा चुनाव हनु नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

तपाइको मत