३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै हिजोआज फेसबुक र अनलाइनका भित्ताहरु राम्ररी पोतिन थालिसकेको छ । केही प्रतिनिधि पोष्टहरुलाई यहाँ उल्लेख गरिएको छ ।
‘पेट्रोल पम्पमा पेट्रोल छैन भनेर लेखेको पनि ३ महिना भइसक्यो तर बजारमा ३ सय ५० रुपैयाँ तिरेपछि पेट्रोल घरमै आइपुग्छ’ तात्तातो खबर लेख्छ, ‘पसलमा ग्यास नआएको पनि महिनौ भइसक्यो तर ९ हजार रुपैयाँ तिरेपछि घरमै आइपुग्छ । सरकार हनिमुनमा व्यस्त हो कि कालोबजारीमा व्यस्त हो ?’
‘मधेशका नेताहरुलाई संघीयतामा सीमाङ्कन प्रधान हो कि ? नेपालको सीमा ?’ भन्दै वर्गीय क्रान्ति लेख्छ, ‘इण्डियनहरुले जंगे पिलरलाई रातारात सार्दै नेपालको कैयन बिगाहा जमिन अतिक्रमण गर्दै अर्को स्थानमा पु-याइदिन्छ तर यसको बारे किन मौन मधेशी नेता महोदय ?’
यसैगरी ‘जताततै कालो व्यापार, व्यापारको नाममा कालो धन्दा अपार । व्यापारी सडकमा उर्लन्छन, जनता ठग्न पाउँ भन्दै कुर्लन्छन्, सरकारले लतक्कै घुँडो टेक्छ। घुँडै नभएको सरकार हो भने टाउकोले नै भए पनि टेकि छाड्छ। किनकी, यहाँ धेरै व्यापारीहरू कालो व्यापार मात्र चलाउँदैनन्, जनताको आँशुले रुझेर पत्रु भएको राजनीतिक पाटी र लुरे सरकार पनि चलाउँछन् ।’ सेतोपाटीमा सरकारको व्यङ्ग्य गर्दै भवसागर घिमिरे लेख्छन्, ‘कसले भन्छ यो देशमा केही हुन्न ? यहाँ यति धेरै हुन्छ कि, त्यो कहिँ पनि हुन्न ।’