सरुवा व्यवस्थापन कार्यदलले सामान्य प्रशासन मन्त्रीलाई बुझाए प्रतिवदेन

१० साउन ०८०, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरुवा व्यवस्थापन कार्यदलले बुधबार प्रतिवदेन बुझाएको छ ।

कार्यदलले मन्त्री मोदीलाई बुझाएको प्रतिवेदनमा कर्मचारी सरुवा अनलाइन प्रणालीबाट गर्न सुझाव दिइएको छ । त्यसका लागि एउटा सफ्टवेयर विकास गर्न पनि कार्यदलको सुझाएको छ ।

कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेरमार्फत व्यवस्थित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्मचारी व्यवस्थापन प्रणाली (पीएमएस) विकास गर्ने र सो प्रणालीलाई निजामती किताबखानाको वैयक्तिक सूचना प्रणाली (पीआइएस)सँग आबद्ध गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

निजामती कर्मचारीहरुको सरुवासम्बन्धी समस्या हल गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २९ जेठमा सहसचिव बलराम रिजाल संयोजकत्वमा समिति गठन गरेका थिए ।