सर्लाहीका सिसौठ गाविस सचिव रंगेहात पक्राउ

२९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै सर्लाहीका सिसौठ गाविस सचिवलाई रंगेहात पक्राउ गरेको छ ।

गाविस सचिव अनुज श्रीवास्तव र प्राविधिक सहायक रामआज्ञ बैठालाई ९ हजार घुस लिँदालिँदै प्रहरीसहितको टोलीले रंगेहात पक्राउ गरिएको अख्तियार सम्पर्क कार्यालय बर्दिबासका निमित्त प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

गाविस अन्तर्गत पर्ने ८० हजार लागतमा कच्ची सडक ग्रावेल गर्ने क्रममा स्थानीय उपभोक्तासँग गाविस सचिवले २० हजार घुस मागेका थिए । त्यसमध्ये ११ हजार पहिलेनै बुझाइ सकिएकोमा बाँकी ९ हजार बुझ्न लाग्दा उनलाई मलंगवाबाट अख्तियारले पक्राउ गरेको हो ।

तपाइको मत