कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली पनि चियापानमा सहभागी भएनन् ।
कानुन दिवसकाे अवसरमा सर्वोच्चले आयोजना गर्ने चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनीधि, कानुनव्यवासायी लगायतका व्यक्तिलाई निमन्त्रणा दिने परम्परा छ ।
सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदले गत आइतबार प्रधानन्यायाधीश कार्कीविरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
त्यसपछि गत शुक्रबार न्यायाधीश चोलेन्द्रशमसेर जवराको इजलासले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो ।
त्योसँगै कार्कीलाई शुक्रबारबाटै काममा फर्कन सर्वोच्चले भनेको आदेश गरेको थियो । कार्की आईतबार सर्वोच्च अदालत पुगेर आफ्नो काम थालेकी थिइन् ।
यो वर्ष कानुन दिवसको पूर्वसन्ध्यामा महाअभियोग प्रकरण आयोे, जसको छायाँ कानुन दिवसको अवसरमा सर्वोच्चले गरेको कार्यक्रममा पनि पर्यो ।
कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन भने उपस्थित भएका थिए ।