चन्दलाई तत्काल पदस्थान नगराउन सर्वोच्चको आदेश

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमाथिको लामो छलफलपछि डीआईजी जयबहादुर चन्दलाई तत्काल पदस्थापन नगराउन आदेश दिएको छ ।

बुधबारको लामो बहसपछि सर्वोच्चले  डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै पदबहाली प्रकिया रोकिदिएको हो ।

सर्वोच्चले यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदैँ  पहिलो नम्बरका डीआईजी नवराज सिलवालको पक्षमा निर्णय सुनाएको हो ।

प्रहरी प्रमुखमा ज्येष्ठताका आधारमा डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग राखेर अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले भिन्नाभिन्नै रिट दायर गरेका थिए ।

तपाइको मत