सर्वोच्चले डीआईजी सिलवालको रिटमा दिएन अन्तरिम आदेश : पूर्ण सुनुवाई बैशाख १९ गते

३० चैत, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रारम्भीक सुनुवाई गर्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

रिट निवेदनले मागेको कानुनी उपचार र उठाएका कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन सक्ने भन्दै आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलनको दृष्टिले विचार गर्दा अहिले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएकाले निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

सिलवालको रिटमा आईजीपी अर्याललाई प्रहरी प्रमुखको हैसियतमा काम गर्न नदिन अन्तरिम आदेश माग गरिएको थियो ।

सर्वोच्चले सिलवालको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? कुनै आधार र कारण भए वैशाख १५ भित्र जवाफ पेश गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं लगायतका विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ । साथै, साथै अर्याललाई आईजीपी बनाउने निर्णय, चार डीआईजीको ४ आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनको सक्कल ७ दिनभित्र झिकाउन पनि भनेको छ ।

सर्वोच्चको आदेश :

1

2

3

4

तपाइको मत