१६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताएका हुन् ।
उनले अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह गर्दै मधेसी मोर्चासमेतको सहभागितामा स्थानीय चुनाव हुने दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण सफल भएको बताएका छन् ।