सहिदका सपना पूरा गर्न एकाकार भई अघि बढौं – अखिल नेपाल ट्रेड युनियन महासंघ

काठमाडौं । आज फागुन १ गते अर्थात् जनयुद्ध दिवस । देशैभरि अखिल नेपाल ट्रेड युनियन महासंघले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छ । यसैबीच सांसद समेत रहेका अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय अध्यक्ष जगत बहादुर सिम्खडा साथै सातै प्रदेशका महासंघ इन्चार्ज/अध्यक्षहरूले जनयुद्ध दिवसका अवसरमा व्यक्त  गर्नुभएको संक्षिप्त शुभकामना सार यस्तो छ :

जगत सिम्खडा/अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ
नेपालको समग्र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको जनयुद्धले मुलुकमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशीता साथै सबै वर्ग, क्षेत्र, लिङ्गको प्रतिनिधित्व हुने व्यवस्था ल्याउन सफल भयो ।

यसर्थ, जनयुद्धका क्रममा सहिद हुनुहुने महान् सहिदहरू, बेपत्ताहरूको गहिरो स्मरण गर्दै जनयुद्धको २५औं वर्ष गाँठको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघको तर्फबाट र मेरो तर्फबाट देशभित्र र देश बाहिर रहनुभएका सम्पूर्ण आमा–बुबा, दिदी–बहिनी, दाजु–भाइहरूमा जनयुद्धका महान् सहिदहरू, बेपत्ताहरूले देखेका सपना पूरा गर्न र बाँकी कार्यभार पूरा गर्न एकाकार भई अघि बढौं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

भुपाल सापकोटा/प्रदेश नं. १, इन्चार्ज, अखिल नेपाल ट्रेड युनियन महासंघ


सर्वप्रथम राजनीतिक परिवर्तनको आन्दोलनमा कोशेढङ्गा साबित जनयुद्ध दिवसको २५औं वर्षगाँठ मनाइरहँदा यसको महत्व कति थियो भन्ने कुरा दुई ठूला कम्युनिष्ट पार्टी एकता भएपछि पुष्टि भएको छ ।

महान जनयुद्धले कुना कन्दरामा, सहर र बस्तीहरूमा जुन चेतना थियो, त्यसलाई परिवर्तन ग¥यो र जसको उपलब्धि स्वरुप राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्त गर्न सफल भयौं । यद्यपि, सबै विषयवस्तु पूरा भएका छैनन् । यसप्रति नेतृत्व गम्भीर हुनु जरुरी छ । जनयुद्धले उठाएका विषय, लक्ष्य र योजना पूरा गर्न र यसले ल्याएको चेतनालाई देशव्यापीरुपमा पु¥याउन सफलता प्राप्त मिलोस् भन्ने १ नम्बर प्रदेश समितिको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु ।

सोनालाल साह/प्रदेश नं. २, इन्चार्ज, अखिल नेपाल ट्रेड युनियन महासंघ


जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भयो, नेपालमा गणतन्त्र आयो । अहिलेको सम्पूर्ण परिवर्तन र उपलब्धिको जग जनयुद्ध नै थियो । यस अवसरमा देश भित्र र बाहिर रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा जनयुद्धको २५औं वर्ष गाँठको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

जय कार्की/प्रदेश नं. ३, इन्चार्ज, अखिल नेपाल ट्रेड युनियन महासंघ


आज फागुन १ गते जनयुद्ध दिवसको २५औं वर्षगाँठ मनाइरहँदा देश र जनताको परिवर्तन र मुक्तिका लागि मुक्ति या मृत्यु भनेर जनयुद्धमा सामेल भई सहादत प्राप्त गर्नु हुने महान् सहिद, बेपत्ताप्रति उच्च सम्मान व्यक्त गर्दै सहिद, बेपत्ताहरूको अधुरा सपा पूरा गर्न अघि बढौं भन्दै अहिले देशभित्र र देश बाहिर एमसीसी सवाल चर्को रुपमा उठिरहेको छ, त्यतिमात्रै होइन सीमाका कुरा उठिरहेका छन् । सम्पदा संरक्षणका कुरा उठिरहेका छन् । यस्तै श्रम ऐनमा केही दफाहरू मजदुर विरोधी देखिएका छन् । साथै योगदनमा आधारित समाजिक सुरक्षा योजना कार्यान्वयन गर्न नदिने तत्वहरू सल्बलाइरहेका छन् । यसर्थ, देश र जनताप्रति इमानदार भई राष्ट्रघाती गतिविधिविरुद्ध र श्रमजीवी मजदुर विरोधी गतिविधिहरूलाई निस्तेज गरेर अघि बढ्न २५औं जनयुद्ध दिवसले सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

रुद्र गौतम/गण्डकी प्रदेश, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ


गण्डकी प्रदेशको तर्फबाट सम्पूर्ण श्रमजीवी मजदुरहरूलाई के भन्न चाहन्छु भने जनयुद्धका कार्यभार बाँकी नै छ, त्यसैले श्रमवीजी वर्गप्रति जनयुद्धले राखेका लक्ष्य उद्देश्य प्राप्तिका दिशामा अविचलित भई लाग्न २५औं जनयुद्ध दिवसले उत्प्रेरणा प्रदान गरोस् यस अवसरमा शुभकामना व्यक्त गर्दछु ।

लालकुमारी पुन सुशीला/प्रदेश ५, इन्चार्ज अखिल नेपाल ट्रेड युनियन महासंघ


२५औं जनयुद्ध दिवसको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा जसले जीवन बलिदानी गर्नुभयो, बेपत्ता हुनभएको छ उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु ।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनका एजेण्डाहरूलाई संस्थागत गरेर अघि बढ्न सबै राजनीतिक दलका नेताहरू, सम्पूर्ण नेपाली जनतालाई आह्वान गर्न चाहन्छु । दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन साथै मधेश आन्दोलनमा बलिदानी गर्नु हुने सबैप्रति उच्च सम्मान गर्दै २५औं जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दछु ।

दान बहादुर ओली/प्रदेश ५, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ


सर्वप्रथम, ५ नं. प्रदेशको तर्फबाट नेपाली जनयुद्धको अवसरमा शुभकामना । सामन्ती एकात्मक राज्य सत्ता अन्त्य गर्न नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयद्धको २५औं वर्षगाठ मनाइरहँदा प्रदेश समितिको तर्फबाट शुभकामना व्यक्त गर्दै जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र जो प्राप्त भएको छ, श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ प्राप्त गरेका छौं । यसको पूर्णरुपमा क्रियान्वयन गर्ने दायित्व ट्रेड युनियनको काँधमा आएको छ । नेकपाको काँधमा आएको छ । यसको कार्यान्वयन हुँदा मात्रै जनयुद्ध दिवस मनाउनुको सार्थकता हुन्छ । त्यसैले प्राप्त उपलब्धिको रक्षा र विकास साथै निरन्तर क्रान्तिमा एकताबद्ध भई अघि बढौं भन्ने शुभकामना व्यक्त गर्दछु ।

ललित जिएम/अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ


कर्णाली प्रदेशको तर्फबाट २५औं जनयुद्ध दिवसको अवसरमा सबैभन्दा पहिले ती महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ताहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै, सहिद तथा बेपत्ताजनका अधुरा र अपूरा सपना पूूरा गर्न प्रतिबद्ध भई लाग्ने प्रतिबद्धासहित शुभकामना व्यक्त गर्दछु ।

नरहरिनाथ योगी/सूदुरपश्चिम प्रदेश/इन्चार्ज, अखिल नेपाल ट्रेड युनियन महासंघ

सूदुरपश्चिम प्रदेशको तर्फबाट २५औं जनयुद्ध दिवसको अवसरमा निरंकुश सामन्ती व्यवस्था अन्त्य गर्दै संघीय गणतन्त्रलाई समृद्ध बनाउने महान् सहिदहरूको अधुरा सपना अपूरा सपना पूूरा गर्न प्रतिबद्ध भई लाग्ने प्रतिबद्धता जनाउँदै महान् सहिदहरूप्रति श्रद्धाञ्जली, बेपत्ताहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । धन्यवाद ।