१५ भदौ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका ललितपुर जिल्लाबाट समानुपातिक सांसद् बनेका योगेन्द्र तामाङ घिसिङले पदबाट राजीनामा दिएका छन् ।
संविधान सभाको दोस्रो चरणको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद रहेका घिसिङले बिहीबार सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
घिसिङलाई सांसद पदबाट पनि हटाउने तयारी भइरहेका बेला राजीनामा आएकाे माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले बताइन् ।
दश वर्षे जनयुद्धका घाइते योद्धा, पार्टीको केन्द्रीय सदस्य तथा राजनैतिक सम्वाद तथा सहमति समिति र सार्वजनिक लेखा समिति सदस्य समेत रहेका घिसिङले राजीनामा दिँदै २७ वर्षको राजनैतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परेको बताएका छन् । साथै, उनले देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्दित महशुस गरेको बताएका छन् ।
‘केन्द्रदेखि वडासम्म आफ्नो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको छ,’ ‘उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसको परिणाम पार्टी विभाजन र विघटनमार्फत अभिव्यक्त भइरहेको छ ।’
सांसद घिसिङको राजीनामा र प्रेस विज्ञप्तिको पूर्णपाठ :