साईरन चौधरी ब्युटिसियन श्रमिक कैलालीको अध्यक्ष चयन

७ चैत्र ०७७, कैलाली । अखिल नेपाल ब्युटिसियन श्रमिक संघको कैलाली जिल्ला कमिटी साईरन चौधरीको अध्यक्षतामा गठन भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तथा सूदुरपश्चिम इन्चार्ज नरहरिनाथ योगीकाअनुसार शनिबार सम्पन्न भेलाले साईरन चौधरीको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।

चौधरीको अध्यक्षतामा गठित अखिल नेपाल ब्युटिसियन श्रमिक संघको कैलाली जिल्ला कमिटीको उपाध्यक्ष जानकी बम, भावना भट्टराई, सचिब कल्पना सार्की, सहसचिब सीमा चौधरी, कोषाध्यक्ष सीता बिक रहेका छन् । साथै, इन्चार्ज मिना चौधरी रहेकी छन् ।

ब्युटिसियन श्रमिक संघको सुखडमा सम्पन्न जिल्ला अधिवेशनमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं कैलाली जिल्ला इन्चार्ज रुपा चौधरीको प्रमुख आतिथ्यता साथै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव नरहरीनाथ योगी, सचिवालय बम बहादुर कठायत लगायतको आतिथ्य रहेको थियो ।