साढे ३३ किलो सुन प्रकरण: उद्यमी सञ्जय खेतान पक्राउ

१० असार ०७५, काठमाडौं । साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उद्यमी सञ्जय खेतान पक्राउ परेका छन् ।

समितिले विमल पोद्दार समुहका सदस्यका रूपमा सुन तस्करीमा संलग्न भएको अभियोगमा खेतानलाई पक्राउ गरेको हो ।

खेतान हुन्डी कारोबारमा संलग्न पोद्दारका व्यापारिक साझेदार पनि रहेको खुलेको र पोद्दारको अपार्टमेन्टबाट उनीसम्बद्ध कागजात पनि नियन्त्रणमा लिएको छानबिन समितिले बताएको छ ।

अनुसन्धानमा खेतानको हाल जेलमा रहेका डेविट उपनाम रहेका वाङ्गेल घलेसँग पनि बाक्लो सम्पर्क  देखिएको समितिले  बताएको छ ।

तपाइको मत