१७ असार ०७४, काठमाडौं । सिद्धिचरण नगरपालिकामा वडा अध्यक्षका उम्मेद्वार गोलाप्रथाबाट टुंग्याइएको छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको वडा नं ८ सल्लेरीबाट वडा अध्यक्षका उम्मेद्वार बनेका काँग्रेसका उम्मेद्वार हेमबहादुर तामाङ र एमालेका उम्मेद्वार बुद्धिमान तामाङबीच गोलाप्रथा गरिएको हो ।
दुई उम्मेद्वारले बराबरी ३ सय ४६ मत ल्याएका थिए । जसमा काँग्रेसका उम्मेद्वार हेमबहादुर तामाङ गोलाप्रथाबाट विजयी भएका छन् ।
वडाका अन्य चार पदमा भने एमालेका उम्मेद्वार बिजयी भएका छन् । अहिलेसम्ममा नेपाली काँग्रेसले १५ वडामा, एमालेले १४ र माओवादी केन्द्रले ५ वडामा जित हासिल गरेको छ ।