बिनय राज शर्मा/ २ माघ, बारा । बाराको सिम्रौनगढ नगरपालिकाको चौथो नगर–परिषद विभिन्न शीर्षकमा आर्थिक वर्ष २०७३÷०७४ का लागि १५ करोड ५८ लाख ६० हजार विकास खर्च गर्ने योजनासहित सम्पन्न भएको छ ।
शुक्रबार श्री कंकाली उच्च मा.वि.को प्राङ्गणमा सम्पन्न नगर–परिषद उक्त रकम खर्च गर्ने योजनासहित सम्पन्न भएको हो ।
बाटो ढलान, पुल निर्माण, सडक मर्मत नाला निर्माण लगायत महिला, अपाङ्ग, बालबालिका साथै अन्य लक्षित वर्गका शीर्षकलाई प्राथमिकतामा राखेर नगर विकासलाई अगाडि बढाउन सो रकम खर्चिने कार्यकारी अधिकृत लुनिल केशरीले बताएका छन् ।
कार्यक्रमका अध्यक्ष समेत रहेका अधिकृत केशरीले सिम्रौनगढको विकासमा समाचारको माध्यमले सहयोग गरेको भन्दै रामेशवर मेहता र रामबाबु मेहतालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी बिजय मनान्धरको प्रमुख आथित्यमा सम्पन्न उक्त नगर परिषदमा नेकपा माओवादी केन्द्रका नेत्री तथा पूर्व भुमिसुधार राज्यमन्त्री ज्वाला कुमारी साह, नेकपा एमालेका बतहु यादव, नेपाली कागे्रसका मोहन कुशवाहा, सदभावना पार्टीका मोहन महतो कोईरी, तमालोपाका श्याम गुप्ता, महिला अधिकारकर्मी बबिता जैसवाल लगायतकाले परिषदमा शुभकामना मन्तव्य राखेका थिए ।