५ मंसिर ०८१, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाएको छ ।
युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा सीआईबीले अनुसन्धान टुंग्याएर मंगलबार शाहीसहित ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाएको हो ।
सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।
प्रहरी प्रभाव भैंसेपाटीका तत्कालीन इन्सपेक्टर बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने भनी सीआईबीले राय दिएको हो ।