सीप भएको श्रमिक राम्रो आम्दानी गर्न र सम्भावित दुर्घटनाबाट बच्न सक्छ – श्रममन्त्री

१४ असार ०८१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् ।

शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले उनले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरे ।

‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरु पुरा गर्न सक्छ,’ उनले भने, त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नुपर्नेछ ।’