सुन्दरबजार केन्द्रबिन्दु बनाएर५ रेक्टर स्केलको भूकम्पको पराकम्पन

१४ असार ०७५, काठमाडौं । आज विहानका धादिङको सुन्दर बजार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

बिहिबार बिहान ९ : ५२ बजे धादिङको सुन्दर बजार केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केल क्षमताको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले धक्का तीन वर्ष अगाडिको गोर्खा भूकम्पको पराकम्पन भएको जनाएको छ ।

आजको कम्पनत २०७२ वैशाख १२ गते गएको गोर्खा भूकम्पपछि पराकम्प भएको भूकम्प मापन केन्द्रका भूवैज्ञानिक (सिस्मोलोजिष्ट) भरत कोइरालाले बताए । उनले लामो समयसम्म पनि पराकम्प गइरहने भएकाले सर्वसाधारणलाई नआत्तिन कोइरालाले आग्रह गरेका छन् ।
पराकम्पनको धक्का धादिङ, चितवन, तनहुँ, काठमाडौं, ललितपुर लगायतका ठाँउमा महसुस गरिएकाले सर्वसाधारणमा त्रास फैलिएको थियो ।

तपाइको मत