८ जेठ ०७५, काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे)लाई गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ ।
सुन तस्करी र सनम शाक्यको हत्याको अनुसन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी गोरेलाई सार्वजनिक गरेको हो ।
गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तर्गत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
समितिका संयोजक ईश्वरराज पौडेलले गाेरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिँदै गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको बताए ।