सुन तस्करीका मुख्य लगानीकर्ता मोहन अग्रवालको घरमा छापा

२५ जेठ ०७५, काठमाडौं । प्रहरीले ३३ किलो सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहन अग्रवालको घरमा छापा मारेको छ ।

शुक्रबार विशेष अनुसन्धान समितिले अग्रवालको अनामनगरस्थित घरमा छापा मारेको हो ।

त्यस क्रममा ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन,  सुन ओसारपसारका लागि बनाइएका विशेष खालको ज्याकेट, दर्जन जति गाडीका साँचो र बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु बरामद गरेको समिति संयोजक ईश्वरराज पौडेलले जानकारी दिए ।

त्यस्तै, केही थान कम्प्युटर, दर्जन मोबाइल सेट, विभिन्न बैंकका चेकबुक, केही थान इन्डियन सीमकार्ड र दुबई आउजाउका क्रममा ल्याइएको महागा रक्सी समेत बरामद गरिएको छ ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

तपाइको मत